अपडेट
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
आइतबार, ०४ माघ २०८२, १७ : ४६
सारांश
- धरानमा जनकपुरबाट शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परि १२ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।
- कोशी प्रदेशका डीआईजीका अनुसार को.१ ख ७१११ नम्बरको बस दुर्घटनाग्रस्त भयो।
काठमाडौँ । सुनसरीको धरानमा आइतबार बस दुर्घटना भएको छ । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमणमा गएको बस दुर्घटना भएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव थेबेले जानकारी दिए ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण