मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा
आइतबार, ०४ माघ २०८२, २२ : ३८
दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन मास्कीले आज प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले चुनावमा भाग लिनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको मास्कीले बताए । यसअघि उनी दाङ ३(२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय आयोजक कमिटी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण