जसपा नेपालले टुंगो लगायो पर्साका तीन क्षेत्रका उम्मेदवार
सारांश
- जसपा नेपालले पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ।
- पार्टीले पर्सा क्षेत्र नं. १ बाट रामनरेश यादव, क्षेत्र नं. २ बाट अशोक टेमानी र क्षेत्र नं. ४ बाट कृपासिन्धु चौधरीलाई उम्मेदवार बनाएको छ।
- पर्सा क्षेत्र नं. ३ का उम्मेदवार भने भोलि टुंगो लगाइनेछ, जसपा नेपालले जनाएको छ।
वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न निर्वाचनका लागि पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।
पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवका अनुसार पार्टीले जिल्लाबाट सिफारिस भएका नामावलीकै आधारमा उम्मेदवार तय गरेको हो ।
२१ फागुनमा हुने निर्वाचनका लागि यसपटक जसपा नेपालले अघिल्लोपटकका उम्मेदवारभन्दा फरक अनुहार अघि सारेको छ । पार्टीका अनुसार पर्सा क्षेत्र नम्बर १ बाट रामनरेश यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको छ । यादव यसअघि जसपा नेपालकै टिकटबाट पर्सा क्षेत्र नम्बर २ (क) मा प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका थिए ।
यसैगरी पर्सा क्षेत्र नम्बर २ बाट उद्योगी अशोक टेमानीलाई उम्मेदवार बनाइएको छ । टेमानी पहिलोपटक राजनीतिक प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका हुन् ।
पार्टीले पर्सा क्षेत्र नम्बर ४ बाट कृपासिन्धु चौधरीलाई उम्मेदवार बनाइएको जनाएको छ । बाँकी पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार भने भोलि टुंगो लगाइने जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।
उनका अनुसार हालका लागि पर्साका तीनवटा निर्वाचन क्षेत्रका उम्मेदवारको मात्रै टुंगो लगाइएको हो ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालले पर्सा जिल्लाबाट एक सिटमा विजय हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण