राप्रपाबाट मकवानपुर–१ मा सिंह-२ मा थोकर
हेटौँडा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले मकवानपुरको दुई वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर–१ बाट पूर्व सांसद दीपक बहादुर सिंह उम्मेदवार बन्ने भएका छन् भने क्षेत्र नम्बर–२ बाट राम बहादुर थोकर उम्मेदवार बन्ने भएका छन् । उनीहरुले मंगलबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
२०७९ को निर्वाचनमा मकवानपुर–१ मा सिंह सोही क्षेत्रबाट विजयी भएका थिए । उनले तत्कालिन समयमा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई हराएका थिए ।
आगामी निर्वाचनमा मकवानपुर–१ मा सिंह विरुद्ध एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डिनाको चर्चा रहेको छ । नेकपाले सो क्षेत्रमा उम्मेदवार फाइनल गर्न सकेको छैन ।
मकवानपुर–२ मा भने एमालेले पूर्व सांसद महेश बर्तौलालाई टिकट दिएको छ भने नेकपाबाट सो क्षेत्रमा थाहा नगरपालिकाका पूर्व मेयर लवशेर विष्ट उम्मेदवार बन्ने पकका भएको छ । अन्य पार्टीको उम्मेदवार फाइनल हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण