कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वएसएसपीलाई रास्वपाले दियो टिकट
सोमबार, ०५ माघ २०८२, १७ : ०८
बुटवल । कपिलवस्तुमा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वपूर्व एसएसपी विक्रम सिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर २ का लागि थापाले टिकट पाएका हुन् । गत निर्वाचनमा कांग्रेसबाट लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवार भएका थापा करिब २ सय मतले पराजित भएका थिए ।
उनले नेपाली कांग्रेस छाडेको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । आजै रास्वपाले उनलाई टिकट दिएको हो । महाधिवेशन प्रतिनिधिसमेत रहेका थापालाई कांग्रेसले उम्मेदवार सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण