नेकपा सिन्धुलीद्वारा उम्मेदवार छनोटप्रति असन्तुष्टि, निर्णय सच्याउन माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कार्यसमिति सिन्धुलीले उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै निर्णय सच्याउन माग गरेको छ ।
सोमबार वसन्त माझी, विनोद विक,चित्र लुङ्गेली लगायतले ९ जनाले बागमती प्रदेश कमिटीलाई पत्र लेख्दै निर्णय सच्याउन माग गरेका हुन् ।
उनीहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै निर्णय सच्याउन भनेका हुन् ।
उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी अनुरूप स्थानीय कमिटीहरूको सुझाव सङ्कलन गरी जिल्ला कार्यदलको बैठक बसेको थियो ।
सिन्धुली क्षेत्र नम्बर १ र २ को प्रत्यक्ष उम्मेदवार र समानुपातिक उम्मेदवारहरूको नामावली सिफारिस गरी पठाएकोमा सिफारिस विपरीत सिन्धुली क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारको टिकट वितरण गरिएको भन्दै निर्णय सच्याउन जोडदार माग गरिएको नेता विनोद विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण