पैसा बिना राजनीति सम्भव छैन : विन्दवासिनी कंशकार
सोमबार, ०५ माघ २०८२, २१ : २०
मकवानपुर । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंशकारले टिकट नपाएपछि पैसा विना राजनीति सम्भव नरहेको टिप्पणी गरेकी छिन् ।
मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेकी रास्वपा केन्द्रीय सदस्य कंशकारले रास्वपाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै बिना पैसा राजनीति हुँदैन भन्ने प्रमाणित भएको बताएकी हुन् ।
‘बिना पैसा राजनीति हुँदैन भन्ने आज प्रमाणित भयो,’ उनले साेमबार सामाजिक सञ्जाल फेसबुक लेखेकी छिन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा प्रकाश गौतमलाई रास्वपाले उम्मेदवार बनाएको छ । यसअघि रास्वपाको समानुपातिक सूचीमा सांसद बनेकी कंशकार आगामी निर्वाचन प्रत्यक्षबाट लड्ने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण