बाजुरामा ८ जनाको उम्मेदवारी दर्ता
धनगढी । आगामी निर्वाचनका लागि बाजुरा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८ जना उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् ।
यहाँ नेपाली कांग्रेसले जनकराज गिरीलाई चुनावी मैदानमा उतारेको छ। गिरीले दलबलसहित पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै, नेकपा एमालेका तर्फबाट नेता लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाहले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेकपा माओवादीका तर्फबाट भुपेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट केशरबहादुर शाहीले मनोनयन दर्ता गराएका हुन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट दीपक डिसीले उम्मेदवारी दर्ता गराए। यस्तै उपेन्द्र विक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण