छोरीलाई उम्मेदवार बनाइयो भन्दै आलोचना गर्नेहरूलाई महन्थले के भने ?
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले छोरीलाई उम्मेदवार बनाएपछि आलोचना भइरहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ठाकुरले आफ्नी छोरी डा.मिनाक्षी झालाई महोत्तरी–३ बाट उम्मेदवार बनाएपछि उनको आलोचना भइरहेको हो ।
राजनीतिक दलदेखि बौद्धिक क्षेत्रबाट संरक्षक ठाकुरले आलोचना खेपिरहेका छन् । तर ठाकुर भने अहिलेको माग अनुसार नै पार्टीले जेनजी उम्मेदवारका रूपमा मिनाक्षीलाई अघि सारेको तर्क गर्छन् ।
संरक्षक ठाकुरले भने,‘अहिलेको माग अनुसार पार्टीले जेनजी उम्मेदवारलाई अघि सारेको हो, नयाँ र परिवर्तनका लागि उत्साहित युवालाई उम्मेदवार बनाइएको हो ।’
आफूले समाजदेखि देशका लागि योगदान दिँदा पटक पटक जेल बस्दा कसैले एक पटक पनि केही नभनेको उल्लेख गर्दै अहिले पार्टीले नै मिनाक्षी(छोरी)लाई उम्मेदवार बनाउँदा प्रश्न उठाइएको बताए ।
उनले भने, ‘जे जति योगदान दिए ती सबै यहीँको जनताका लागि दिए, यही समाज र देशका लागि दिए आजसम्म आफ्नो लागि केही पनि गरेको छैन, तर आज एक जना पढे लेखेको युवा, त्यसमाथि डाक्टर छिन्,राजनीतिमा आएर देश र समाजका लागि केही गर्ने हुटहुटी छ । त्यसलाई टिकट किन यति धेरै प्रश्न र आलोचना ?’
आफू राष्ट्रिय सभामा जाने भएपछि ठाकुरले उक्त क्षेत्रमा आफ्नै छोरीलाई उम्मेदवार बनाएको चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण