आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

डोर्‍याइँदै गरेको मोटरसाइकलले खुलायो चोरीको रहस्य, तीन जना पक्राउ

बुधबार, ०७ माघ २०८२, १८ : ४४
बुधबार, ०७ माघ २०८२

वीरगञ्ज । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको राधेमाइबाट प्रहरीले बुधबार चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर– १३ का साहिल कुमार रौनिया, श्यामबाबु ठाकुर र भारत पूर्वी चम्पारण घर भई हाल वीरगञ्ज १३ मा बस्दै आएका रोशनकुमार गुप्ता रहेका छन् । 

प्रहरीले उनीहरूको साथबाट एउटा बीआर ०५ एक्यू ६९२४ नम्बरको भारतीय नम्बरको मोटरसाइकल र नम्बर नभएको दुई वटा मोटरसाइकल बरामद गरेको हो । 

पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । 

कसरी फेला पर्‍यो ‘चोर गिरोह’ ?

घटना यही ५ गते अर्थात् सोमबारको हो । यो दिन महानरको राधेमाइस्थित सडक खण्डमा साहिल रौनियार भारतीय नम्बर प्लेटको मोटरसाइकल डोर्‍याइ लगिरहेका थिए । रौनियारले उक्त मोटरसाइकल शंकास्पदरुपमा डोर्‍याउँदै लगेपछि प्रहरीलाई शङ्का लाग्यो । 

प्रहरी प्रमुख पाठकका अनुसार त्यसपछि प्रहरीले सो भारतीय नम्बरको मोटरसाइकल जाँच गर्न थाल्यो । 

उनले भने, ‘त्यो क्रममा उक्त मोटरसाइकलमा साँचो नरहेको, तार काटिएको र नम्बर प्लेट नभएको अवस्थामा भेटियो । शङ्कास्पद अवस्थामा मोटरसाइकल फेला परेपछि हामीले थप अनुसन्धान चलायो ।’ 

सोही क्रममा अनुसन्धान गर्दै जाँदा बेच्नका लागि रेडि पारिएका थप दुई वटा मोटरसाइकल फेला परेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप