आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चिसोबाट प्रभावित ७० मुसहर परिवारलाई कम्बल वितरण

बिहीबार, ०८ माघ २०८२, ०० : १२
बिहीबार, ०८ माघ २०८२

सारांश

  • सिरहामा चिसोका कारण समस्यामा परेका ७० मुसहर परिवारलाई कम्बल वितरण गरियो ।
  • विशाल ग्रुप फाउन्डेसनले राहत वितरण गर्यो, जसमा एनआइसी एसिया बैंकको पनि सहयोग थियो ।
  • स्थानीय र बैंकका प्रतिनिधिहरूले चिसोबाट राहत मिल्ने कुरा व्यक्त गरे।

सिरहा । विगत केही सातादेखि तराई–मधेसमा जारी शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सिरहाका ७० विपन्न मुसहर परिवारलाई कम्बल वितरण गरिएको छ ।

विशाल ग्रुप फाउन्डेसनले जिल्लाका दुई स्थानीय तहका विपन्न बस्तीमा पुगेर राहत वितरण गरेको हो । फाउन्डेसनका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनाका ४५ र लक्ष्मीपुरपतारी गाउँपालिका—४ धञ्छवारका २५ जना गरी कुल ७० जनालाई जनही एक–एक थान कम्बल प्रदान गरिएको छ ।

बुधबार आयोजित वितरण कार्यक्रममा एनआइसी एसिया बैङ्क, लहानका शाखा प्रबन्धक लेखराज पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चिसोको जोखिममा रहेका परिवारलाई सहयोग गरिएको बताए ।

कम्बल प्राप्त गरेपछि स्थानीय ५३ वर्षीया दृष्टिविहीन तेतरीदेवी सदायले खुसी व्यक्त गर्दै चिसोबाट जोगिन मद्दत पुग्ने बताए । स्थानीय शिक्षक एवं समाजसेवी रामसुफल यादवले सहजीकरण गरेको उक्त कार्यक्रममा स्थानीयवासीले विपद्को समयमा हुने यस्ता मानवीय सहयोगले ठूलो राहत मिल्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप