३३ दिनमा सकियो ‘पेन्सन पट्टा’को छायाङ्कन
काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को छायाङ्कन सकिएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा अन्तिम दृश्य खिच्दै फिल्मको इन्डक्लयाप गरिएको हो । ३३ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको निर्देशक गुरुङले जानकारी दिए ।
‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार हामी फिल्मको रिलिज मिति घोषणा गनेछौँ,’ निर्देशक गुरुङले भने, ‘हामी दर्शकलाई एक सुन्दर फिल्म देखाउन चाहन्छौं । सोही अनुरूप कुनैपनि कम्प्रमाइज नगरी काम भइरहेको छ ।’
निर्देशक गुरुङकै लगानी रहेको फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायतका कालाकारको अभिनय छ । फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको फिल्ममा प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले खिच्ने फिल्ममा संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन् । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण