एपस्टिन प्रकरणमा क्लिन्टन दम्पतीविरुद्ध अवहेलनाको प्रस्ताव अघि बढ्यो
वासिङटन डीसी । अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाको निगरानी समितिले पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनविरुद्ध कंग्रेसको अवहेलना गरेको आरोपमा प्रस्ताव अघि बढाएको छ ।
यौन दुराचार प्रकरणमा दोषी ठहर भएका जेफ्री एपस्टिनसम्बन्धी संसदीय अनुसन्धानमा बयान दिन उपस्थित हुन नमानेको आरोपमा उक्त प्रस्ताव पारित गरिएको हो ।
रिपब्लिकनको बहुमत रहेको समितिले दुवै प्रस्तावलाई पूर्ण प्रतिनिधिसभामा मतदानका लागि पठाउने निर्णय गरेको छ ।
समितिका अध्यक्ष जेम्स कोमरले क्लिन्टन दम्पती कानुनी रूपमा समितिमा उपस्थित भई बयान दिन बाध्य भए पनि त्यसो नगरेको आरोप लगाए । उनले उनीहरूले समितिको समन्सको पालना गर्न अस्वीकार गरेको बैठकमा बताए ।
बिल क्लिन्टनलाई अवहेलनामा राख्ने प्रस्तावमा केही डेमोक्रेट सांसदले पनि रिपब्लिकनसँग मिलेर समर्थन जनाएका छन् । हिलारी क्लिन्टनसम्बन्धी प्रस्तावमा द्विदलीय समर्थन देखिए पनि केही डेमोक्रेट सांसदले उनलाई लिखित बयान दिने अवसर दिनुपर्ने वा सुरुदेखि नै समन्स जारी गर्नु अनुचित भएको तर्क गरेका थिए ।
रिपब्लिकनसँग पर्याप्त मत रहेकाले दुवै प्रस्ताव प्रतिनिधिसभामा पठाइएको छ । यस कदमले क्लिन्टन परिवार र समितिबीचको विवाद थप चर्किने देखिएको छ ।
प्रतिनिधिसभाले अवहेलनाको प्रस्ताव पारित गरेमा यो विषय न्याय विभागमा सिफारिस हुनेछ, जहाँ अभियोजन गर्ने वा नगर्ने निर्णय हुन सक्छ । यसअघि बिल क्लिन्टनले प्रक्रिया रोक्न अन्तिम प्रयासस्वरूप समितिका शीर्ष दुई नेतासँग सीमित अन्तर्वार्ता दिने प्रस्ताव गरेका थिए । तर समितिले त्यसलाई अस्वीकार गर्दै मतदान प्रक्रिया अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण