बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कुक आइसल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

बिहीबार, ०८ माघ २०८२, १९ : ०८
बिहीबार, ०८ माघ २०८२

काठमाडौँ । वैदेशिक रोजगारीका लागी कुक आइसल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोज बहादुर श्रेष्ठ छन् ।

उनलाई बिहीबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले रातोपाटीलाई बताए । 

कुक आइसल्याण्ड पठाउँछु भनेर उनले पीडितसँग १२ लाख ४० हजार रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप