कर्णालीमा रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम नगर्ने निर्माण व्यवसायीले सञ्चालन गरेका रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले जिम्मा लिने लिने तर समयमा काम नगरेर अलपत्र पारिएका रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले भने, “जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नुस् ।”
मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्याउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले हामीप्रति नै नागरिकको अविश्वास पैदा हुने बताउँदै भने, “पैसा भएर काम हुन नसकेको र योजना अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति लचिलो हुनुपर्ने जरुरी र्छैन ।”
सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्वतिर लाग्न र यसलेसमेत परिणाम नदेखिए नियमसङ्गत रुपमा ठेक्का अन्त्य गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला तीन वर्षभन्दाअघिका केही आयोजना रुग्ण रहेकाले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताए । उनले चालु आवमा करिब ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षीय आयोजना स्वीकृतिको चरणमा रहेकाले माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण