बाटोमा लडेर एक पुरुषको मृत्यु
शुक्रबार, ०९ माघ २०८२, ११ : ३८
बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए ।
बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा बिच बाटोमा लगेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताए ।
मृतक थापाको शरीर र टाउकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ । हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण