आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानेपामा नारा : आपकी बार गगन सरकार

शुक्रबार, ०९ माघ २०८२, १४ : ०६
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा गगन थापाको पक्षमा नारा लाग्यो।
  • विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले पदभार ग्रहण गरे।
  • नयाँ कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ‘आपकी बार गगन सरकार’ को नारा लागेको छ । विशेष महाधिवेशनबाट सभापतिमा चुनिएपछि थापा पदभार ग्रहणका लागि पार्टी कार्यालयमा पुग्दा समर्थकहरूले त्यस्तो नारा लगाएका हुन् । 

सभापति चुनिएको ८ दिनपछि थापा पद बहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।  उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।  

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यससमिति चयन भएको थियो ।  केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप