शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यक्षको कुराबाट चिन्तित र दुःखी छु : योगेश भट्टराई

शुक्रबार, ०९ माघ २०८२, १५ : ०७
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको भनाइप्रति दुःख व्यक्त गरे।
  • भट्टराईले फागुन २१ गतेसम्म पार्टीभित्रको विषयमा टिप्पणी नगर्ने बताएका छन्।
  • उनले कसैले पनि टिकट जित्ने ग्यारेन्टीसहित लगेको आफूलाई नलागेको बताए।

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूसहित पार्टीका नेताहरूलाई टिकट नदिएकोबारे अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका धारणाले आफू दुःखी र चिन्तित भएको बताएका छन् । साथै उनले यसबारे आफू फागुन २१ सम्म कुनै टिप्पणी नगर्ने पनि बताएका छन् । 

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो’, भट्टराईले सामाजिक सञ्जालमार्फत शुक्रबार भनेका छन्, ‘नो इफ, नो वट । विचलित र निराश छैन ।’ तर उनले अध्यक्षको कुराबाट चिन्तित र दुखी भएको बताएका छन् । 

 ‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टी सहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन’, भट्टराईले भनेका छन्, ‘यस विषयमा मलाई थप फोन नगर्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप