दाङ–१ मा पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीको उम्मेदवारी कायमै, अन्य दुई जनाले फिर्ता लिए
सारांश
- पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी फिर्ता नलिने भएका छन्।
- पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
- दाङ क्षेत्र नम्बर ३ मा भने दुई जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुलप्रसाद केसीले दाङ क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी फिर्ता नलिने भएका छन्। निर्वाचन आयोगले तोकेको अन्तिम समयसम्म पनि उम्मेदवारी फिर्ता नलिएपछि अब सो क्षेत्रमा उनको स्वतन्त्र उम्मेदवारी कायमै रहने निश्चित भएको हो।
पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई आधिकारिक टिकट दिएपछि असन्तुष्ट बनेका केसीले मङ्गलवार निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र रूपमा मनोनयन पत्र दर्ता गराएका थिए। उम्मेदवारी दर्तापछि नेकपाका शीर्ष नेताहरूले उनलाई मनोनयन फिर्ता लिन निरन्तर आग्रह र दबाब दिए पनि केसीले त्यसलाई अस्वीकार गरिदिए। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार केसीको उम्मेदवारी अब चुनावी प्रतिस्पर्धाका लागि आधिकारिक रूपमा अगाडि बढेको छ।
दाङका तीन निर्वाचन क्षेत्रमध्ये १ र २ मा कुनै पनि उम्मेदवारले नाम फिर्ता लिएका छैनन्। तर, क्षेत्र नम्बर ३ मा भने दुई जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारी फिर्ता लिनेहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीका घनश्याम डाँगी र नेकपा समर्थित गोपाल वली रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण