शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘फ्रेन्च किस’ शुभमुहूर्त

शुक्रबार, ०९ माघ २०८२, १७ : ०७
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • चलचित्र 'फ्रेन्च किस' निर्माण हुने भएको छ, जसको शुभमुहूर्त वसन्तपञ्चमीको अवसरमा काठमाडौंमा गरियो।
  • अभिनेता अर्पण थापाले निर्देशन गर्ने यो चलचित्रमा उनी र थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछन्, छायांकन चितवनमा सुरु हुनेछ।
  • सौगात बस्नेत कार्यकारी निर्माता र सुभाष बी.शाही सहनिर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको संगीत रहनेछ।

काठमाडौँ । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी) को अवसर पारेर काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ ।

अभिनेता अर्पण थापाले निर्देशन गर्ने चलचित्रको आगामी सोमबारबाट चितवनदेखि छायाङ्कन सुरु हुनेछ । चलचित्रमा अर्पण थापा नै मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’ बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछ । चलचित्र अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।

कार्यकारी निर्मातामा सौगात बस्नेत र सहनिर्मातामा सुभाष बी.शाही रहेको चलचित्र सुदीप बरालले खिच्नेछन् । चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ । चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप