देश भ्रमले होइन, श्रमले चल्छ: अध्यक्ष साम्पाङ
सारांश
- हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताए ।
- उनले इमान्दार नेतृत्वको खाँचो रहेको र श्रम संस्कृतिलाई जोड दिए ।
- उनका अनुसार श्रम संस्कृति पार्टी सबै श्रमदाताहरूको हुनेछ।
कर्णाली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका अध्यक्ष साम्पाङले देश चलाउन इमानदार नेतृत्वको खाँचो रहेको बताए । उनले भने, “मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु ।”
विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उनले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी गरे । उनका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ । पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने महत्त्वपूर्ण संस्कार भएको जिकिर गरे ।
काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरू हुने प्रतिक्रिया दिए । पुराना दलहरूबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण