पवन सुनार बने ‘रेड फोर्स नेपाल’को चुनावी कमान्डर, १६५ निर्वाचन क्षेत्रको कमान्ड सम्हाल्ने
सारांश
- नेपाली कम्युनिस्ट पार्टी निकट 'रेड फोर्स नेपाल' ले पवन सुनारलाई केन्द्रीय चुनाव परिचालन समितिको संयोजक बनाएको छ।
- सुदूरपश्चिमका युवा नेता सुनारले आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा संगठन परिचालन गर्ने बताएका छन्।
- सुनारले देशभरका युवा तथा विद्यार्थीहरूलाई परिचालन गरी पार्टीलाई जिताउन प्रतिबद्धता व्यक्त गरेका छन्।
धनगढी । नेपालमा जेनजी विद्रोहपछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी निकट सङ्गठन ‘रेड फोर्स नेपाल’ले युवा नेता पवन सुनारलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। सङ्गठनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुनारलाई केन्द्रीय चुनाव परिचालन समितिको संयोजक (कमान्डर) मा मनोनीत गरेको हो।
‘रेड फोर्स नेपाल’को केन्द्रीय कमिटीद्वारा शनिवार गरिएको निर्णय अनुसार सङ्गठनको प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेका सुनारलाई पदोन्नति गर्दै केन्द्रीय चुनावी कमान्डरको जिम्मेवारी दिइएको हो।
सुदूरपश्चिमको कैलालीमा बलियो पकड बनाएका सुनार विद्यार्थी राजनीतिबाट उदाएका जुझारु नेता हुन्। सुदूरपश्चिमकै सबैभन्दा ठुलो शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसको इकाइ कमिटीबाट साङ्गठनिक राजनीति सुरु गरेका उनी नगर कमिटी हुँदै कैलाली जिल्लाको नेतृत्व सम्हालेर खारिएका नेता हुन्। लामो समय विद्यार्थी आन्दोलन र युवाका हकहितका लागि सडक र सदनमा आवाज बुलन्द गर्दै आएका छन्।
केन्द्रीय चुनावी कमान्डरको जिम्मेवारी सम्हाले लगत्तै सुनारले आफू देशैभरको चुनावी मोर्चा सम्हाल्न तयार रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा ‘रेड फोर्स नेपाल’को सञ्जाललाई आक्रामक रूपमा परिचालन गर्ने रणनीति सुनाए।
‘म १६५ निर्वाचन क्षेत्रको चुनावी कमान्डर हुँ। सिङ्गो देशको चुनावी कमान्ड सम्हाल्दै पार्टीलाई विजय गराउन म कुनै कसर बाँकी राख्ने छैन।’
उनले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यकता अनुसार नवयुवा तथा योग्य विद्यार्थीहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पार्टी र सङ्गठनलाई देशव्यापी रूपमा सशक्त बनाउन र आगामी निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि सुनारले युवाहरूको जोस र जाँगरलाई पार्टीको मुख्य शक्तिको रूपमा प्रयोग गर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण