बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

ओलीसँग सार्वजनिक बहस गर्न बालेनद्वारा अस्वीकार

ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–'आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?'
आइतबार, ११ माघ २०८२, १३ : ३०
आइतबार, ११ माघ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् । 

पब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाएका हुन् । उनले लेखेका छन्–'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ।'

शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन् । 

bbb
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप