नेतन्याहुमाथि अमेरिकाले बढायो दबाब
सारांश
- अमेरिकी अधिकारीहरूले इजरायल र हमासबीचको युद्धविरामको दोस्रो चरण सुरु गर्न आग्रह गरेका छन्।
- प्रधानमन्त्री नेतन्याहूले अमेरिकी दूतहरूसँग भेटवार्ता गरेका थिए, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
- गाजा र इजिप्टबीचको रफाह सीमा नाका खोल्ने विषयमा छलफल भइरहेको छ।
तेल अभिभ । अमेरिकाका शीर्ष अधिकारीहरूले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरी गाजामा जारी युद्ध विरामको दोस्रो चरण सुरु गर्न आग्रह गरेका छन् ।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिव विटकफ र सल्लाहकार जेरेड कुशनरसँग छलफल गरेका हुन् । भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
गाजामा रहेका अन्तिम बन्धकको अवशेष खोज्ने र सो क्षेत्रलाई सैन्य गतिविधिबाट मुक्त गर्ने विषयमा काम भइरहेको नाम नखुलाउने सर्तमा एक अमेरिकी अधिकारीले बताएको भन्दै यूएस न्यूजले समाचारमा जनाएको छ ।
अमेरिकाले ट्रम्प प्रशासनको पहलमा भएको सम्झौतालाई अगाडि बढाउन चाहेको भए पनि हमासले बन्धकको अवशेष नदिएसम्म प्रतिक्षा गर्नुपर्ने दबाब नेतन्याहूमाथि रहेको बताइएको छ ।
युद्धविरामको दोस्रो चरणमा गाजा र इजिप्ट बिचको रफाह सीमा नाका खुल्नु सबैभन्दा महत्त्वपूर्ण सङ्केत मानिएको छ । गाजाको भावी सरकारका प्रमुख अली शाथले यो सीमा यसै हप्ता खुल्ने दाबी गरेका छन् ।
तर इजरायलले यसको औपचारिक पुष्टि गरेको छैन । आइतबार हुने बैठकमा यसबारे छलफल हुने बताइएको छ । हाल सीमा नाकाको गाजातर्फ इजरायली सेनाको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण