बागमती प्रदेशमा ३१८ मत खस्याे
मकवानपुर । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा ३१८ जनाले मतदान गरेका छन् ।
निर्वाचनमा मताधिकार पाएका प्रदेश सभा तर्फको १०४ जना सांसद मध्ये ८९ ले मतदान गरेका छन् । १५ सांसदले मतदान गरेनन् ।
प्रदेशसभामा कायम रहेको राप्रपाका १२ जना सांसदले मतदानमा सहभागी भएनन् । जसमा उद्धव थापा, नुरज बज्राचार्य, राजु विष्ट, राजेन्द्र प्रजापति, डम्बर तामाङ, गिर बहादुर तामाङ, आशा लामा, कुमारी तामाङ, मोनिका श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवन कुमार पाठक र लक्ष्मी घिमिरेले मतदान गरेनन् ।
हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले पनि राष्ट्रियसभा सदस्य पदमा मतदान गरेनन् भने एकीकृत समाजवादी (हाल नेकपा)की रमा आलेमगरले पनि मतदान गरिनन् । उनी उपचारका लागि भारतमा छिन् ।
यता स्थानीय तह तर्फको प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचनमा २२९ जनाले मतदान गरेका छन् ।
२३८ मतदाता मध्ये एक जना भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् भने ३ जनाले राजीनामा गरेकाले २३४ मतदाता कायम भएको थियो । जस मध्ये नेपाली कांग्रेसका २, राप्रपाका १ र नेकपाका २ जनाले मतदान गरेनन् ।
माओवादी केन्द्रबाट निर्वाचित दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी र बिगु गाउँपालिकाका अध्यक्ष नेकपाका सञ्जीव ओलीले मतदान गरेनन् भने शंकरापुर नगरपालिकाका मेयर राप्रपाका रमेश नापित, हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कांग्रेसकी अप्सरा लम्साल, गोदावरी नगरपालिकाकी उपमेयर कांग्रेसकी मुना अधिकारीले मतदान गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण