भारतमा नेपालीलाई क्युआरमार्फत गरिने भुक्तानीमा सहज बनाइँदै
सारांश
- नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकका गभर्नरबीचको भेटमा क्युआर कोडमार्फत हुने भुक्तानी सहज बनाउने विषयमा छलफल भयो।
- भेटमा मौद्रिक नीति, तरलता व्यवस्थापन, र सूचना प्रविधिमा आरबीआईका असल अभ्यासहरूबारे पनि छलफल भयो।
- नेपाली नागरिकलाई भारत भ्रमणमा क्युआर कोड भुक्तानीमा थप सहजीकरण गरिने भएको छ।
काठमाडौँ । नेपाली नागरिकलाई भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीमा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबिच भएको भेटघाटमा उक्त विषयमा छलफल भएको हो ।
गत साता मुम्बईस्थित आरबीआईको मुख्यालयमा राष्ट्र बैंक र आरबीआईका गभर्नरबिच भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र भारतबिच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुई पक्षीय हितका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।
यसैगरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरिवेक्षण, सूचना प्रविधिको क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यासबारे छलफल भएको बताइएको छ ।
भेटघाटमा वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलासँगै दुई पक्षीय सहयोग आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।
नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका काम कारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।
भारत भ्रमणका दौरान गभर्नर पौडेलले गुजरात, अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण