टाइगर कप : माल्दिभ्समाथि एपीएफको सहज जित
सारांश
- एपीएफले माल्दिभ्स भलिबल एसोसियसनलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
- च्याम्पियनसिपमा एपीएफले दोस्रो जित दर्ता गर्यो भने माल्दिभ्सले लगातार तेस्रो हार बेहोर्यो।
- महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो र आर्मी फाइनल दौडबाट बाहिरियो।
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो । आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण