गणतन्त्र दिवसमा संविधान, कांग्रेस र मेरो अपमान भयो : मल्लिकार्जुन खड्गे
सारांश
- भारतको गणतन्त्र दिवस समारोहमा विपक्षी नेताहरूलाई पछाडि राखेको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ।
- कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले आफू र राहुल गान्धीलाई तेस्रो पङ्क्तिमा राखेर अपमान गरेको आरोप लगाए।
- कांग्रेसले सरकारले विपक्षी नेताहरूलाई अपमान गरेको र यस विषयमा जवाफ दिनुपर्ने बताएको छ।
नयाँ दिल्ली । भारतको ७७ औँ गणतन्त्र दिवसका अवसरमा दिल्लीको लाल किल्लामा आयोजित समारोहमा आसन ग्रहणको विषयलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सरकारले विपक्षी नेताहरूलाई अगाडिको पङ्क्तिमा नराखेर अपमान गरेको आरोप लगाएका हुन्। क्याबिनेट मन्त्री सरहको मर्यादाक्रममा रहेका आफू र राहुल गान्धीलाई तेस्रो पङ्क्तिमा बस्न बाध्य पारिएको खड्गेको दाबी छ।
आफ्नो मर्यादाको ख्याल नगरिएको भन्दै खड्गेले आक्रोश व्यक्त गरेका छन्। ‘म सबैभन्दा वरिष्ठ नेता हुँ, राहुल र मसँग क्याबिनेट पद छ, तर हामीलाई राज्यमन्त्री र बच्चाहरू बस्ने तेस्रो पङ्क्तिमा राखियो,’ उनले भने। बस्ने ठाउँ खोज्न र पासको व्यवस्था गर्न आफ्नै सचिवहरू पठाउनुपरेको भन्दै उनले सरकारले संविधान, विपक्षी र व्यक्तिगत रूपमा आफ्नो समेत अपमान गरेको बताएका छन्। उनले यस विषयमा सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
कांग्रेस प्रवक्ता आलोक शर्माले पनि सामाजिक सञ्जाल 'एक्स' मार्फत सरकारको कडा आलोचना गरेका छन्। क्याबिनेट मन्त्रीको हैसियत भएका विपक्षी नेता राहुल गान्धीलाई अपमानजनक ढंगले पछाडि पारिएको उनको टिप्पणी छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा केन्द्रीय मन्त्री शिवराज सिंह चौहान राहुल गान्धीको अगाडिको पङ्क्तिमा बसिरहेको देखिएपछि कांग्रेस कार्यकर्ताहरूले सरकारको मनसायमाथि प्रश्न उठाएका छन्।
भारतीय गणतन्त्र दिवसको मुख्य समारोहमा विदेशी पाहुना र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने गर्दछ। यस्तो गरिमामय अवसरमा विपक्षी दलका शीर्ष नेताहरूलाई पछाडिको पङ्क्तिमा राखिनुलाई राजनीतिक विश्लेषकहरूले सत्तापक्ष र विपक्षबीच बढ्दो दूरीको रूपमा हेरेका छन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले भने यसबारे आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण