रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ
रौतहट । सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा शङ्कास्पद नोटसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत, जिल्ला सितामढी पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताएका थिए। उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।
जाँचका क्रममा उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकममध्ये ५०० दरको १ थान र २०० दरको १० थान नोट रहेका छन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली भारु १७७ रुपैयाँ, मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण