अपडेट
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुगेर नयाँ रेकर्ड
बुधबार, १४ माघ २०८२, ११ : ०१
सारांश
- बुधवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ३ लाख १८ हजार ८०० रुपैयाँ प्रति तोला पुग्यो।
- चाँदीको मूल्यमा समेत वृद्धि हुँदै ७ हजार ३०० रुपैयाँ प्रति तोला पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च हो।
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३* लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ ।
आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ ।
यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो ।
*यसअघि समाचारको लिडमा ९ लाख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण