चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोगबारे आयोगको ध्यानाकर्षण
काठमाडौँ । चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालले निर्वाचनका क्रममा देखिएका दुई गम्भीर प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आयोग, नेपाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुधबार बुझाइएको ज्ञापनपत्रमा अध्यक्ष सिलवालले सामाजिक सञ्जालमार्फत फोटो, व्यक्तिगत बैंक विवरण तथा क्युआर कोड सार्वजनिक गर्दै चन्दा सङ्कलन गर्ने बढ्दो अभ्यासप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
उनले निर्वाचनको नाममा भइरहेको यस्तो गतिविधि सतहमा डिजिटल आधुनिकता जस्तो देखिए पनि दीर्घकालीन रूपमा लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासका लागि घातक हुन सक्ने बताएका छन् ।
ज्ञापनपत्रमा राजनीति सेवा र त्यागमा आधारित हुनुपर्ने भए पनि पछिल्लो समय व्यक्तिगत आर्थिक सङ्कलनको माध्यम बन्दै गएको उल्लेख गर्दै समयमै स्पष्ट नीति, नियम र निगरानी व्यवस्था नहुँदा पैसामुखी राजनीति र डिजिटल दुरुपयोग बढ्ने चेतावनी दिइएको छ ।
अध्यक्ष सिलवालले सामाजिक सञ्जाल प्रयोग गरी गरिने चुनावी प्रचार, चन्दा सङ्कलन तथा क्युआर कोड र बैंक विवरण सार्वजनिक गर्ने कार्यबारे स्पष्ट मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
यसैगरी अध्यक्ष सिलवालले चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग भइरहेको विषयमा पनि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय जुलुसमा सहभागी गराउने, नारा लगाउन बाध्य पार्ने, प्रचार सामग्री बोकाउने तथा भिडियो र सामाजिक सञ्जाल सामग्रीमा बालबालिकालाई प्रयोग गर्ने घटनाहरू सार्वजनिक भइरहेकामा उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष सिलवालले निर्वाचन आयोग केवल चुनाव गराउने निकाय मात्र नभई लोकतन्त्रको नैतिक संरक्षक भएको उल्लेख गर्दै, समयमै उचित निर्णय र पहलमार्फत स्वस्थ, पारदर्शी र मूल्यआधारित राजनीति निर्माणमा आयोगले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण