अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
सारांश
- एमाले निकट अनेरास्ववियुले पार्टीका तर्फबाट नवनियुक्त सङ्गठन इन्चार्ज र जनसङ्गठन प्रमुखलाई स्वागत गरेको छ ।
- अनेरास्ववियुका इन्चार्ज रश्मि आचार्यले पार्टीको वर्तमान सङ्कटलाई पार लगाउन अखिलले बहस र पुनर्गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
- बैठकमा अखिलका पदाधिकारीहरूले वर्तमान राजनीतिक परिस्थितिका कारण विद्यार्थीमाझ जान कठिन भइरहेको र पार्टीमा समग्र सुधार र पुनर्गठन नभएसम्म अखिलमा पनि आमूल परिवर्तन सम्भव नहुने निष्कर्ष सुनाएका थिए ।
काठमाडौँ । एमाले निकट अनेरास्ववियुले पार्टीका तर्फबाट नवनियुक्त सङ्गठन इन्चार्ज र जनसङ्गठन प्रमुखलाई स्वागत गरेको छ । शुक्रबार बसेको अखिल पदाधिकारी बैठकले उनीहरूलाई स्वागत गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियुका इन्चार्ज रश्मि आचार्यले पार्टीको वर्तमान सङ्कटलाई पार लगाउन अखिलले ढिला नगरी बहस र पुनर्गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
इतिहासमा पार्टी जति पटक सङ्कटमा परेको छ, त्यति नै पटक अखिलले नयाँ बहस र छलफलको नेतृत्व गरेको स्मरण गराउँदै उनले यसपटक पनि अखिल अग्रपङ्क्तिमा आउनुपर्नेमा जोड दिए ।
बैठकमा अखिलका पदाधिकारीहरूले भने वर्तमान राजनीतिक परिस्थितिका कारण विद्यार्थीमाझ जान निकै कठिन भइरहेको र आफूहरूले विगतको ‘मण्डले’ प्रवृत्तिको जस्तै व्यवहार भोग्नुपरिरहेको गुनासो पोखेका थिए । पार्टीमा समग्र सुधार र पुनर्गठन नभएसम्म अखिलमा पनि आमूल परिवर्तन सम्भव नहुने निष्कर्ष पदाधिकारीहरूले सुनाएका थिए ।
सोही अवसरमा जनसङ्गठन प्रमुख विशाल भट्टराईले सङ्गठन र पार्टीलाई अगाडि बढाउन नयाँ कार्यशैली र व्यापक सुधारको खाँचो रहेको औँल्याएको उपमहासचिव कमल जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण