अभिनेत्री आना शर्मा भन्छिन्, ‘रमिताको पिरती’ले साँचो पिरतीको कथा भन्छ’
सारांश
- अभिनेत्री आना शर्माले फिल्म 'रमिताको पिरती' मा साँचो प्रेमको कथा प्रस्तुत गर्ने बताएकी छिन्।
- यो फिल्म ब्रेकअपपछिको आत्म-खोजी, आत्म-सम्मान र आत्म-स्वीकृतिको यात्रामा आधारित छ।
- यो फिल्म माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ, जसमा आना शर्मा, धिरज मगर र समीर श्रेष्ठको मुख्य भूमिका छ।
काठमाडौँ । अभिनेत्री आना शर्माले फिल्म ‘रमिताको पिरती’मा साँचो पिरतीको कथा देख्न सकिने बताएकी छन् । ब्रेकअपपछि आफूलाई चिन्ने, स्विकार्ने र रोज्ने एउटा भावनात्मक यात्रा समेत फिल्मले देखाउने उनको भनाइ छ ।
‘फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्म स्वीकृतिको यात्रा हो’, उनले भनिन् ‘हामीले नियमित फिल्म भन्दा केही फरक रूपमा यो तयार गरेका छौ ।’
फिल्मले पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश दिने उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्छ ।’
आना फिल्मको कार्यकारी निर्माता पनि हुन् । राम्रो कथा भएकोले फिल्म निर्माणमा समेत आफू जोडिएको उनी बताउँछिन् ।
सुदिप्ताको निर्देशन रहेको फिल्म आगामी माघ २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको मुख्य चरित्र रमिताको भूमिका आना आफैले निर्वाह गरेकी छन् । उनीसँगै फिल्ममा धिरज मगर, विनय श्रेष्ठ, गायक समीर श्रेष्ठ लगायतको मुख्य भूमिका छ । गायक श्रेष्ठले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
उनले सुरुमा कलाकारका रूपमा जोडिए पनि फिल्म काम गर्दै जाँदा निर्माताको भूमिकामा समेत आबद्ध भएको बताइन् । फिल्म काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण