आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुगल क्रोममा जेमिनाई एआईका नयाँ फिचर थपिए

बिहीबार, १५ माघ २०८२, १५ : २०
बिहीबार, १५ माघ २०८२

काठमाडौँ । गुगलले आफ्नो क्रोम ब्राउजरलाई थप शक्तिशाली बनाउँदै जेमिनाई एआईका नयाँ सुविधाहरू सार्वजनिक गरेको छ।

बुधबार गरिएको यो घोषणा अनुसार क्रोममा अब ‘नानो बनाना’ नामक इमेज जेनेरेसन टुल, ‘पर्सनल इन्टेलिजेन्स’ र ‘अटो ब्राउज’ जस्ता अत्याधुनिक एआई फिचरहरू उपलब्ध हुनेछन्। 

गुगलले क्रोमको डिजाइनमा पनि परिवर्तन गर्दै दायाँतर्फ एउटा प्यानल थपेको छ, जहाँ प्रयोगकर्ताले इन्टरनेट चलाउँदा चलाउँदै जेमिनाई च्याटबोटसँग कुराकानी गर्न सक्नेछन्। 

नयाँ थपिएका फिचरहरूमध्ये ‘अटो ब्राउज’ सबैभन्दा निकै चर्चामा छ। यो एक ‘एजेन्टिक एआई’ टुल हो, जसले प्रयोगकर्ताको एउटै आदेशमा विभिन्न वेबसाइटहरूमा गएर काम गरिदिन्छ। 

उदाहरणका लागि, प्रयोगकर्ताले जेमिनाईलाई अनलाइन खाद्यान्न अर्डर गर्न, होटल वा उडानको खोजी गर्न र विभिन्न मितिहरूको तुलना गर्न निर्देशन दिन सक्छन्। अमेरिकामा रहेका एआई प्रो र अल्ट्रा सब्सक्राइबरहरूका लागि उपलब्ध यो फिचरले घर खोज्नेदेखि लिएर विभिन्न अनलाइन कार्यहरूलाई निकै सहज बनाउने गुगलको दाबी छ।

गुगल क्रोमकी उपाध्यक्ष परिसा तब्रिजका अनुसार क्रोमले अब पुराना कुराकानीहरूको सन्दर्भ सम्झनेछ, जसले गर्दा प्रयोगकर्ताले खोजेको कुराको सटीक र व्यक्तिगत जवाफ प्राप्त गर्न सक्नेछन्। यो फिचरले जिमेल र गुगल फोटोज जस्ता एपहरूबाट जानकारी लिएर प्रयोगकर्तालाई विशेष उत्तर दिनेछ। 

गुगल डीपमाइन्डका सीईओ डेमिस हसाविसले परिकल्पना गरेको ‘युनिभर्सल असिस्टेन्ट। को अवधारणालाई साकार पार्न यो अपडेटले महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

बजारमा च्याटजीपीटी निर्माता ओपनएआईको ‘एट्लस’ ब्राउजर र एन्थ्रोपिकको ‘क्लाउड’ सँग प्रतिस्पर्धा बढिरहेका बेला गुगलले आफ्नो क्रोमलाई एआईमैत्री बनाउन तीव्रता दिएको हो।

यसअघि सेप्टेम्बरमा अमेरिकी अदालतले गुगललाई सर्च मार्केटमा एकाधिकार जमाएको फैसला गरे पनि क्रोम बेच्न बाध्य नपार्ने बताएपछि गुगलले यसमा एआई एकीकरणलाई थप प्राथमिकता दिएको छ। 

नयाँ अपडेटसँगै प्रयोगकर्ताले क्यालेन्डर, युट्युब र म्याप्स जस्ता सेवाहरू एउटै वेबपेजबाट सजिलै चलाउन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप