चीनमा ५१ करोड वर्ष पुरानो दुर्लभ जीवाश्म क्षेत्र फेला, पृथ्वीको इतिहास बुझ्न मद्दत पुग्ने
सारांश
- हुनान प्रान्तमा ५१ करोड २० लाख वर्ष पुरानो जीवाश्म क्षेत्र फेला परेको छ, जसले प्राचीन पारिस्थितिकी प्रणालीको भग्नावशेष देखाउँछ।
- वैज्ञानिकहरूले क्याम्ब्रियन कालको 'ह्वायाउन बायोटा' पत्ता लगाएका छन्, जसमा नयाँ प्रजातिहरू र 'सिन्स्क इभेन्ट' को समयका जीवहरू समावेश छन्।
- यी जीवाश्महरूले पृथ्वीको जैव-विविधता र सामूहिक विनाशको समयमा समुद्रको रसायनको प्रभावबारे जानकारी दिन्छन्।
हुनान । चीनको दक्षिणी पहाडी क्षेत्र हुनान प्रान्तमा ५१ करोड २० लाख वर्ष पुरानो एक असाधारण जीवाश्म क्षेत्र फेला परेको छ। सन् २०२१ देखि ह्वायाउन काउन्टीमा गरिएको उत्खननका क्रममा वैज्ञानिकहरूले एउटा सिङ्गो प्राचीन पारिस्थितिकी प्रणाली (इकोसिस्टम) को भग्नावशेष फेला पारेका हुन्।
यो खोज पृथ्वीको पहिलो सामूहिक विनाश (मास एक्स्टिङ्सन) मानिने ‘सिन्स्क इभेन्ट’ लगत्तैको समयको भएकाले निकै महत्त्वपूर्ण मानिएको छ। क्याम्ब्रियन कालको यो स्थललाई वैज्ञानिकहरूले ‘ह्वायाउन बायोटा’ नाम दिएका छन्, जसलाई क्यानडाको प्रसिद्ध बर्गेस शेलभन्दा पनि उत्कृष्ट मानिएको छ।
नान्जिङ इन्स्टिच्युट अफ जियोलोजी एण्ड प्यालेन्टोलजीका हान जेङ र उनको टोलीले हालसम्म ८ हजार ६८१ वटा जीवाश्महरूको विश्लेषण गरिसकेको छ। फेला परेका १५३ प्रजातिहरूमध्ये झन्डै ६० प्रतिशत विज्ञानका लागि पूर्ण रूपमा नयाँ रहेका छन्।
गहिरो समुद्रमा रहेका कारण यी जीवहरू अक्सिजनको कमीले गर्दा भएको विनाशकारी ‘सिन्स्क इभेन्ट’ बाट जोगिएको पाइएको छ। फेला परेका जीवाश्महरूमा किरा, माकुरा र क्रस्टेशियनसँग सम्बन्धित आर्थ्रोपोडहरूको बाहुल्यता छ। यसबाहेक समुद्री फूल (जेलीफिस), शंखेकिरा र अन्य नरम शरीर भएका जीवहरूको समेत अवशेष भेटिएको छ।
खोजिएको जीवाश्महरू मध्ये ८० सेन्टिमिटर लामो ‘ग्वान्शानकारिस कुनमिन्जेन्सिस’ (Guanshancaris kunmingensis) त्यस समयको सबैभन्दा ठूलो शिकारी जीव रहेको पाइएको छ। हिलोको लेदोले छिट्टै पुरिएका कारण यी जीवहरूका आँखा, खुट्टा, एन्टेना, श्वासप्रश्वास अङ्ग र स्नायु तन्तुहरू समेत निकै स्पष्ट रूपमा सुरक्षित रहेका छन्।
क्यानडामा मात्र पाइने ‘हेल्मेटिया’ जस्ता जीवहरू चीनमा पनि भेटिनुले प्राचीन समयमै समुद्री लहरको माध्यमबाट जीवहरू विश्वभर फैलन सक्ने तथ्यलाई पुष्टि गरेको छ।
विशेषज्ञहरूले यस खोजलाई पृथ्वीको जैव-विविधताको हराएको कडीको रूपमा व्याख्या गरेका छन्। यद्यपि यस क्षेत्रमा माछाको अवशेष भने अझै भेटिएको छैन।
अनुसन्धान टोलीले संकलन गरेका धेरै जीवाश्महरूको अध्ययन अझै बाँकी रहेकाले आगामी दिनमा थप नयाँ प्रजातिहरू र माछाको अस्तित्वबारे पनि खुलासा हुन सक्ने सम्भावना छ। यो खोजले भूगोल, सामूहिक विनाश र समुद्रको रसायनले जीव विकासमा कसरी प्रभाव पार्छ भन्ने बुझ्न मद्दत पुर्याउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण