कप्तान इन्दु बर्मा तीन महिना मैदान बाहिर रहने
शुक्रबार, १६ माघ २०८२, २० : १०
सारांश
- इन्दु बर्मा स्कटल्याण्डविरुद्धको खेलमा घाइते भएपछि लामो समय मैदान बाहिर रहने भएकी छिन्।
- नेपाली महिला क्रिकेट टोलीकी कप्तान बर्माको ह्यामस्ट्रिङमा ग्रेड २ चोट लागेको छ।
- डाक्टरको सल्लाह अनुसार, बर्मालाई ८ देखि १२ हप्तासम्म आराम गर्नुपर्ने भएको छ।
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा चोटका कारण लामो समय मैदान बाहिर रहने भएकी छन्। आइसिसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत स्कटल्याण्डसँगको खेलका क्रममा उनलाई गम्भीर चोट लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कप्तान बर्माको ह्यामस्ट्रिङमा ‘ग्रेड २’ को चोट देखिएको छ। प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा चिकित्सकको सल्लाह बमोजिम उनलाई करिब ८ देखि १२ हप्तासम्म पूर्ण आरामको आवश्यकता पर्ने जनाइएको छ।
यो चोटसँगै उनी आगामी केही महत्त्वपूर्ण प्रतियोगिताहरूमा सहभागी हुन पाउने छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण