बेलायती प्रधानमन्त्रीको दाबी : सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा
काठमाडाैँ । चीनको उइगुर अल्पसङ्ख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लङ्घनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायती प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन्।
सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो।
बेइजिङले आफ्नो सिन्जियाङ क्षेत्रमा मुस्लिम उइगुर अल्पसङ्ख्यकहरूप्रति चीनले गरेको व्यवहारलाई लिएर उनीहरूले ‘झूट र गलत सूचना’ फैलाएको आरोप लगाएको छ।
प्रभावित हुनेमा सन् २०१६ सम्म सुरक्षामन्त्री टम टुगेनधाट र पेन्सनमन्त्री इयान डंकन स्मिथ रहेका छन् ।
“मैले त्यो मुद्दा उठाएको थिएँ र चिनियाँहरू प्रतिक्रियामा पूर्ण रूपमा स्पष्ट छन्, प्रतिबन्धहरू अब लागू हुँदैनन्। राष्ट्रपति सीले मलाई भन्नुभयो कि यसको मतलब सबै सांसदहरूलाई स्वागत छ,” स्टार्मरले एक बेलायती टेलिभिजनसँगको अन्तर्वार्तामा भने ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग आर्थिक सम्बन्ध बढाउनका लागि चीन भ्रमणका क्रममा उनले भने, “यसले के देखाउँछ भने यदि हामी वार्ता र सहकार्यलाई जारी ग¥योँ भने अप्ठ्यारा मुद्दाहरू पनि उठाउन समाधान गर्न सकिन्छ।”
स्टार्मरको भ्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गर्नुभएको थियो भने यसको बेलायतमा समेत आलोचना भएको थियो ।
बेइजिङमाथि सन् २०१७ देखि १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिमहरूलाई हिरासतमा राखेको आरोप लगाइएको छ, जुन प्रमाणित भएमा संयुक्त राष्ट्र सङ्घले ‘मानवता विरुद्धको अपराध’ मान्नसक्ने अभियानको एक हिस्सा हो।
चीनले आफ्नो नीतिले सिन्जियाङमा अतिवादलाई जरैदेखि उखेलेको र आर्थिक विकासलाई बढावा दिएको भन्दै आरोपको कडा खण्डन गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण