मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त
सारांश
- गगन थापाले मधेसको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
- उनले मधेसका जनताका समस्या समाधान गर्न सधैँ सहयोग गर्ने बताए।
- थापाले सर्लाही बसाइँ उपलब्धिमूलक भएको र स्थानीयको साथ पाएको बताए।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए ।
यही माघ १२ गते मतदाता भेट्न यहाँ आएका सभापति थापाले काठमाडौँ फर्कनुअघि शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा सर्लाहीका जनताबाट स्नेह, साथ र भरोसा लिएर आफू फर्किएको बताए । यहाँको बसाइँका क्रममा उनले मधेसका जनताको जीवनस्तर सुधार गर्दै पार्टी सङ्गठन सुदृढीकरण गर्नेलगायत विषयमा स्थानीय नेताकार्यकर्तासँग छलफल गरेका थिए ।
सभापति थापाले चुनावी सभा र मतदातालाई सम्बोधन गर्दै आफू समग्र मुलुकसहित मधेसको विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले यहाँका नागरिकबाट पाएका साथ र स्नेह आफ्ना लागि प्रेरणाका स्रोत बनेका प्रतिक्रिया दिए ।
“पाँच दिनसम्मको यहाँको बसाइँका क्रममा नागरिकका घरघरमा पुगिरहँदा उनीहरूले दिएको साथ र स्नेह मेरा लागि थप ऊर्जाका स्रोत बनेका छन् । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध काममा अग्रसर हुने प्रेरणा यहाँबाट प्राप्त भएको छ”, सभापति थापाले भने । सर्लाही बसाइँ उपलब्धिमूलक भएको भन्दै उनले स्थानीय पार्टी पङ्क्ति र जनताको साथ र सहयोग पाएको बताए ।
यहाँका किसानका मल र बीउसम्बन्धी, उखु किसानको बाँकी भुक्तानीका विषय, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभापति थापा जनकपुर हुँदै विमानस्थलमार्फत काठमाडौँ फर्किएका पार्टीका जिल्ला नेता वीरेन्द्र सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण