युरोपेली सेनालाई इरानले गर्यो आतंकवादी समूह घोषणा
तेहरान । इरानले युरोपेली संघ (ईयू)का सदस्य देशका सेनाहरूलाई आतंकवादी समूह घोषणा गरेको छ ।
ईयूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई आतंकवादी संगठन तोकेपछि प्रतिशोधमा यो कदम चालिएको हो । यो निर्णय ‘आईआरजीसीलाई आतंकवादी घोषणा गरिएविरुद्धको प्रतिकार कानुनको धारा–७’ अन्तर्गत गरिएको इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले आइतबार बताए । ईयूले अमेरिकाको 'अन्धो आज्ञापालन' गरेर आफ्नै जनताको हितविपरीत कदम चालेको आरोप उनले लगाए ।
यसअघि बिहीबार ईयूकी विदेश नीति प्रमुख काजा कालासले आईआरजीसी माथिको प्रतिबन्ध घोषणा गर्दै आफ्नै जनतालाई मार्ने शासन मौन रहन सक्दैन भनेकी थिइन् । अमेरिकामा रहेको मानवअधिकार संस्था एचआरएएनएका अनुसार डिसेम्बर २८ देखि सुरु भएको देशव्यापी प्रदर्शनमा इरानमा ६ हजार ७१३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
इरानी अधिकारीहरूले भने ३ हजार ११७ जनाको मृत्यु भएको र त्यसमा २ हजार ४२७ निर्दोष प्रदर्शनकारी वा सुरक्षा अधिकारी रहेको बताएका छन् । प्रदर्शन उत्कर्षमा पुग्दा जनवरी ८ को रातभर देशभर इन्टरनेट र मोबाइल सेवा काटिएको थियो ।
आईआरजीसी १९७९ को इस्लामिक क्रान्तिपछि गठन भएको इरानको शक्तिशाली सैन्य निकाय हो । यसले सीधै सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीलाई रिपोर्ट गर्छ । यसले क्षेत्रीय प्रभावमा प्रमुख भूमिका खेल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण