‘एक भागवत र एक गीता’ अब डिशहोम गो एपमा
काठमाडौं । सीमान्तकृत समुदायको कथामा आधारित नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ अब डिशहोम गो एपमा उपलब्ध भएको छ । झरना थापाको निर्देशनमा बनेको यो चलचित्रले यथार्थपरक विषयवस्तु र सीमान्तकृत वर्गको आवाजलाई सशक्त रूपमा उठाएको बताइएको छ ।
कस्तो छ चलचित्र ?
चलचित्रको कथा जनकपुर क्षेत्रको परिवेश र त्यहाँका तेस्रो लिंगी समुदायको सङ्घर्षमा केन्द्रित छ । मुख्य पात्र ‘कमला माई’ (विपिन कार्की) को वरिपरि घुमेको यस चलचित्रले तेस्रो लिंगी समुदायको नेतृत्व, संरक्षण तथा समाजमा व्याप्त भेदभाव र पूर्वाग्रहविरुद्धको लडाइँलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।
चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, बाल कलाकारहरू जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय हेर्न सकिन्छ ।
दर्शकहरूले यो चलचित्र डिशहोम गो एपमार्फत संसारको जुनसुकै कुनाबाट पनि हेर्न सक्नेछन् । यसका लागि नेपालभित्रका दर्शकले २२५ रुपैयाँ र नेपाल बाहिरका दर्शकले १.९९ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ ।
डिशहोम गो एक नेपाली ओटीटी प्लेटफर्म हो । यसमा दर्शकहरूले नयाँ तथा पुराना नेपाली चलचित्र, अन्तर्राष्ट्रिय चलचित्र, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध मनोरञ्जनात्मक सामग्रीहरू सहजै हेर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण