न्यून प्रगतिलाई बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न साेमबार निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले बजेट प्रगति न्यून भएकाले कार्यस्थलमै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए । उनले भने, “एउटै काम पनि घनचक्करजस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त्य हुनुपर्छ ।”
उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरे । कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठीक ढङ्गले बुझ्न नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने दाबी गर्दै प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए । यातायातको अधिकार प्रदेशमा भएको तर यहाँको यातायातबाट उठेको जरिवाना केन्द्र सरकारले लैजाने गरेको उनले बताए ।
बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण