काबुलको कूटनीतिक दबाबपछि युएईद्वारा सय भन्दा बढी अफगान कैदीहरू रिहा
युएइ । संयुक्त अरब इमिरेट्स (युएइ)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र युएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सय १०० भन्दा बढी अफगान नागरिकहरूलाई जेलबाट रिहा गरेको जनाएको छ ।
रिहा भएका केही व्यक्तिहरू अफगानिस्तान फर्के सकेको र बाँकीका लागि फिर्ती प्रयास भई रहेको र आवश्यक कानुनी प्रक्रिया पछि चाँडै फर्किने जनाइएको छ ।
विदेश मन्त्रालयले युएई सरकार र यसका सम्बन्धित अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै विदेशमा रहेका अफगान कैदीहरूको रिहाइको अनुगमन र सुरक्षा मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताएको छ ।
टोलो न्यूजले राजनीतिक विश्लेषक सैयद गरिबुल्लाह सादतलाई उदृत गर्दै यो प्रत्रियालार्ई थप व्यवस्थित गरि विभिन्न राष्ट्रहरूबाट अफगान नागरिकहरूलाई फिर्ता गर्न वदेश मामिला मन्त्रालय र शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालय बिच संयुक्त समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण