अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमा दफावार छलफल सकियो
काठमाडाैँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको दफावार छलफल सकिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरु प्रतिवेदनमै छलफल गर्नेगरी दफावार छलफल सकाएको हो । नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३को पक्ष राष्ट्र भएको हुनाले उक्त महासन्धिको कार्यान्वयन गराउन भन्दै यो विधेयक ल्याइएको हो ।
बैठकमा बोल्दै समिति सभापति तुलसाकुमारी दाहालले छलफलमार्फत टुंग्याएका विषयहरुलाई मस्यौदा प्रतिवेदनको रुपमा तयार पार्न समिति सचिवालयलाई निर्देशन दिइन् । उनले भाषिक तथा सहमति जुट्न नसकेका विषयहरुमा आवश्यक गृहकार्य गर्न संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिइन्।
उनले सहमति जुट्न नसकेका विषयमा विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने जानकारी पनि गराइन् । छलफलमा सहभागि सांसदहरुले सूचीकृत अभौतिक (अमूर्त) सांस्कृतिक सम्पदाको दुरुपयोग वा बेचबिखनको कार्य भएमा प्रचलित कानूनअनुसार दोषीलाई सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
अभिलेखिकरण तथा सूचीकृत भएका सम्मपदाहरुको संरक्षणका लागि सरकारले योजना तथा कार्यक्रम बनाई लागु गर्नुपर्ने बाध्यकारी व्यवस्था राख्नुपर्ने उनीहरुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण