क्रोएसिया र ग्रिस पठाइदिने भन्दै ३१ लाख ठगी
सारांश
- वैदेशिक रोजगारीको प्रलोभन देखाएर युवाहरूलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा उपासना भण्डारी र युवराज कुँवर रहेका छन्, जसले क्रोएसिया र ग्रिस पठाउने भन्दै रकम ठगी गरेका थिए।
- पीडितहरूको जाहेरीको आधारमा उनीहरूलाई माघ २२ गते पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर युवाहरूलाई ठगी गर्ने दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। क्रोएसिया र ग्रिस जस्ता देशमा पठाउने भन्दै लाखौँ रकम असुलेर सम्पर्कविहीन भएका उनीहरूलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. ३१ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नं. १२ स्थायी घर भई हाल काठमाडौँ–८ बस्ने ४३ वर्षीय उपासना भण्डारी र कैलालीको टीकापुर नगरपालिका वडा नं. १ घर भई हाल ललितपुर–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका छन्। उपासनाले एक जना पीडितलाई क्रोएसिया पठाउने प्रलोभनमा पारी १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
त्यस्तै, युवराजले ५ जना युवालाई ग्रिस पठाउने भन्दै १९ लाख रुपैयाँ उठाएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा आकर्षक तलब हुने सपना देखाई लामो समयसम्म झुक्यानमा राखेर उनीहरू फरार भएका थिए । पीडितहरूले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई माघ २२ गते पक्राउ गरेको हो ।
दुवै जनामाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
-
नमोबुद्धले ल्यायो ९१ करोड ३६ लाखको बजेट
-
मादीले ल्यायो ६५ करोडको बजेट, गुन्द्रुकको ब्रान्डिङ गर्ने
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण