रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विजयी सुरुवात
कोलम्बो । कोलम्बोको सिंहली स्पोर्ट्स ग्राउन्डमा आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानले नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्यो ।
टस जितेर पाकिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड्सको पूरै टोली १९.५ ओभरमा १४७ रनमा अलआउट भयो र पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाएका थिए ।
पाकिस्तानका लागि सलमान मिर्जाले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिएका थिए । नेदरल्यान्ड्सका १० मध्ये ९ ब्याट्सम्यान क्याच आउट भएका थिए भने अबरार अहमदले कोलिन एकरम्यानलाई बोल्ड गरेर एक मात्र विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पाकिस्तानको जित सुनिश्चित गर्न फहीम अशरफ र शाहिन अफ्रिदी क्रिजमा रहेका थिए । नेदरल्यान्ड्सका बलरहरूले पाकिस्तानका महत्त्वपूर्ण विकेटहरू लिए पनि हार टार्न सकेनन् ।
लोगन भ्यान बीकले शादाब खान (८ रन) लाई विकेटकिपर स्कट एडवर्ड्सको हातबाट क्याच आउट गराएका थिए । कोलिन एकरम्यानले हसन नवाब (६ रन) लाई आउट गरे भने रोलोफ भ्यान डेर मेरवेले बाबर आजम (१५ रन) को विकेट लिएका थिए ।
पल भ्यान मीकेरेनले उस्मान खानलाई ३ रनले अर्धशतक बनाउन दिएनन् । आर्यन दत्तले सलमान आगा र सईम अयूबको विकेट झारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण