फागुन ६ गते जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने
सारांश
- नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिले फागुन ६ गते जनकपुरधाममा मधेस सभा आयोजना गर्ने निर्णय गरेको छ।
- सभाको प्रचार-प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई र मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई दिइनेछ।
- सभामा गगनकुमार थापा प्रमुख अतिथि रहनेछन्, जसमा लाखौं सहभागी हुने अपेक्षा गरिएको छ।
जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले फागुन ६ गते जनकपुरधामस्थित तृतीय गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यसैगरी, मधेस सभाको समग्र तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ।
उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण