कांग्रेस निर्वाचन परिचालन निर्देशिका कार्यसम्पादन समितिबाट पारित
सारांश
- नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरेको छ ।
- उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समितिले निर्देशिका तयार पारेको हो ।
- निर्देशिकामा 'फागुन २१ कालागि मेरो २१ दिन' भन्ने प्रतिबद्धता सहित नेता कार्यकर्ता चुनावमा खटिने उल्लेख छ।
काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ पारित भएको छ । आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिका बैठकबाट पारित भएको हो । निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ । उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ ।
त्यो नीति अन्तर्गत पार्टीका सबै नेता कार्यकर्ता चुनावको मैदानमा खटिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीका साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत तत स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहने उल्लेख छ ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहने निर्देशिकामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण