गायनमा उम्दा, राजनीतिक-सामाजिक विसंगतिविरुद्ध खरो (भिडियो)
सारांश
- शिव परियारले राजनीतिक-सामाजिक विकृतिविरुद्ध विचार व्यक्त गर्दै, नयाँ र पुराना दलहरूको आलोचना गरे।
- गायक शिव परियारले आफ्नो सांगीतिक यात्रा, एआईको प्रभाव, र आगामी सपनाबारे कुरा गरे।
- रातोपाटीको टक फर्वार्ड पडकास्टमा शिव परियारले वर्तमान राजनीति र चुनावी विषयमा विचार राखे।
काठमाडौं । शिव परियार गायनमा जति उम्दा छन्, राजनीतिक-सामाजिक विकृति-विसंगतिविरुद्ध उत्तिकै खरो उत्रिन्छन् । करिब दुई दशकको सांगीतिक यात्रामा उनले नेपाली संगीतलाई अब्बल गीत-संगीत दिएर समृद्धिको इँटा थप्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । सबै खालका गीत गाउन सक्ने शिवको खास पहिचान सेमी-क्लासिक, गजल र ‘हाइ पिच’ गायनमा छ ।
‘फेवातालमा साइँली’ गीतबाट सांगीतिक क्षेत्रमा पहिचान बनाएका शिव धेरै चोटि मरें, कहाँ थियौं तिमी रंगमञ्च, अलिकति नजर, क्या दामी भो, संगी लगायत गीतबाट दरिलोसँग स्थापित भए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । स्टुडियोदेखि स्टेजसम्म उनको व्यस्तता लोभलाग्दो लाग्छ ।
रातोपाटीले पडकास्ट शृंखला ‘टक फर्वार्ड’ सुरू गरेको छ । पडकास्टमा कुनै पनि क्षेत्रमा स्थापित, संघर्षशील र उत्प्रेरक व्यक्तित्वका कथा, जीवनशैली र विचारलाई ‘स्टोरी टेलिङ’ शैलीमा कुराकानीमार्फत प्रस्तुत गरिनेछ । पहिलो एपिसोडमा लोकप्रिय गायक तथा संगीतकार शिव परियार अतिथिको रूपमा छन् । एक घण्टा लामो बसाइमा उनले वर्तमान राजनीति र चुनावी सेरोफेरोमा केन्द्रित रहेर धेरै कुरामा आफ्नो विचार राखेका छन् । उनले पुराना राजनीतिक दल र नेताहरूको अकर्मण्यताबारे पनि टिप्पणी गरेका छन् भने नयाँ र वैकल्पिक भनिएका दलहरूमा देखिएका पुरानै प्रवृत्तिको पनि खुलेर विरोध गरेका छन् ।
‘नयाँ भनिएका दलहरूमा पनि कतिपय कुरामा पुरानै प्रवृत्ति देखिन थालेको छ, यसलाई सुधार्नैपर्छ,’ उनी भन्छन्, ‘अनि पुराना पनि सबै खराब होइनन्, त्यहाँभित्रका राम्रा मान्छेलाई एउटै भड्खालोमा हाल्नुहुँदैन । अबको राजनीति निषेधको होइन, सभ्य र सुसंस्कृत हुनुपर्छ ।‘
शिवले सांगीतिक क्षेत्रमा तीव्र रूपमा आएको परिवर्तन, एआईले संगीतमा पारेको प्रभावदेखि आफ्नो अबको सपनासम्मका कुरा सेयर गरेका छन् । विस्तृत रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा हेर्न सक्नुहुन्छ ।
भिडियो/फोटो : मनोज खड्का
भिडियो सम्पादन/थम्बनेल : दशराज श्रेष्ठ
लोगो/आईडी : रुपक थापा ‘रिवाज’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण