बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गरौँ : सचिव शर्मा
काठमाडाैँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गर्न जरुरी रहेको बताएका छन्।
नेपाल उद्योग परिसङ्घले सेजनसँगको सहकार्यमा गरेको बजेट वाच कार्यक्रममा उनले बजेट निर्माण गर्दा क्षेत्रगत मात्र नभई क्षेत्रभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, 'सरकारले बजेट बनाउँदा सीमित स्रोत भएपछि प्राथमिकता तय गरेर बजेट बनाउन लाग्नुपर्छ । अहिले हामी स्वास्थ्य बीमा प्राथमिकता रहेको देख्छौँ, हेल्थपोष्ट बनाउने, उर्जा सडक जतापनि प्राथमिकता भएजस्तो देखिन्छ । अब क्षेत्रगत प्राथमिकता बजेटमा लिनुपर्छ । ५ वर्ष विद्युत विकास वर्ष, अर्को ५ वर्ष सडक पहुँच पुर्याउने , अर्को ५ वर्ष साक्षरता वर्ष बनाउनुपर्छ । जस्तै, सूर्यविनायक धुलिखेल सडक बढि जरुरी हो की एउटा गाउँमा पुलै छैन्, मान्छे मरिरहेको छ त्यो प्राथमिकता हो त्यो छुट्टयाउनुपर्छ ।’
यस्तै स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले ५ हजार मेगावाटका आयोजनाका लागि पीपीए खोल्न सरकारले ढिलाइ गर्दा लगानी अड्किएको बताए ।
कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सरकारी खर्च नबढेसम्म निजी क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले भने, 'जबसम्म सरकारले खर्च बढाउँदैन, निजी क्षेत्र अघि बढ्न सक्दैन । सरकारले खर्च गर्न नसक्दा लिक्विटी थुप्रेर बसेको छ ।'
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताए। उनले भने, 'समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य छ । औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । हामी औद्योगिक विकासमा केन्द्रित भई सो अनुरूप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण