बीमा भुक्तानीको समस्या समाधान गर्न लचकता अपनाएका छाैँ : अर्थमन्त्री
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य बीमा भुक्तानीमा देखिएको समस्याबारे बताए, जसले बजेट प्राथमिकता निर्धारणमा स्वास्थ्य मन्त्रालयको कमजोरी औंल्याए।
- स्वास्थ्य मन्त्रालयले बजेट सिलिङभन्दा कम रकम विनियोजन गर्दा बीमा भुक्तानीमा समस्या आएको र अर्थ मन्त्रालयले समाधानका लागि लचकता अपनाएको छ।
- अर्थमन्त्रीका अनुसार, सरकारले बीमा भुक्तानीका लागि रकम उपलब्ध गराएको छ र फागुन २१ पछि थप दायित्व भुक्तानी गर्ने योजना बनाएको छ।
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य मन्त्रालयले बजेट तर्जुमा गर्दा प्राथमिकता निर्धारण गर्न नसक्दा स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिएको बताएका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मंगलबार अर्थमन्त्री खनालले स्वास्थ्य मन्त्रालयले पाएको बजेट सिलिङबाटै बीमाको दायित्व व्यवस्थापन गर्नुपर्दा अहिलेको सङ्कट आएको बताएका हुन् ।
अर्थमन्त्री खनालले भने, ‘स्वास्थ्य मन्त्रालयलाई बजेट बनाउने बेलामै पाएको सिलिङबाट स्वास्थ्य बीमाको सबै भुक्तानी गर्न पुग्ने गरी राख्नुस् भनिएको थियो । तर, उहाँहरूले कम राखेर पाएको बजेट अरूतिरै प्रयोग गर्नुभयो। अर्थ मन्त्रालयले चाहेर पनि स्वास्थ्य बीमामा कति दायित्व आउँछ भन्ने थाहा पाउन सक्दैन ।’
बीमा भुक्तानीको समस्या समाधान गर्न अर्थ मन्त्रालयले लचकता अपनाएको मन्त्री खनालले जानकारी दिए । उनका अनुसार सुरुमा १ अर्ब रुपैयाँ दिइएको र हालसालै स्वास्थ्य मन्त्रालयकै अन्य शीर्षकमा बचत हुने देखिएको १ अर्ब ७२ करोड रुपैयाँ रकमान्तर गरी बीमा भुक्तानीका लागि बाटो खोलिदिएको छ ।
‘सरकारी अस्पतालहरू बन्द नै हुने अवस्था आउन नदिन हामी गम्भीर छौँ,’ मन्त्री खनालले भने, ‘फागुन २१ गतेपछि स्रोतको उपलब्धता हेरेर थप दायित्व भुक्तानी गर्दै जानेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण